सन् २०३० सम्ममा हत्केलामै बैंक !


बेइजिङ –अबको एक दशकको अवधिमा बैंकको एक शाखा पनि नहन सक्छ । तर यसको अर्थ तपाईको सबै सम्पत्ति रोबोटले व्यवस्थापन गर्छ भन्ने होइन ।

‘अबको १० वर्षको अवधिमा तपाईको हत्केलामा बैंक हुन्छ जस्तो मलाई लागेको छ,’ पीडब्लूसी हङकङका एसोसियट निर्देशक लुसी गाज्मारारिएनले बताइन् ।

कतिपय वित्तीय संस्थाहरुले लामो समयदेखि केबल अनलाईन सेवाको मात्रै प्रस्ताव गर्न थालेकाले यो रुपान्तरण हुन सक्छ । तर, युवा पुस्ता विकेन्द्रीकृत डिजिटल बैंकिङमा हुर्कदै आएका छन् ।

परम्परागत अफलाइनको युगमा उनीहरुले नयाँ अनलाईनको बारेमा बारम्बार सोध्न सक्ने विश्वास गाज्मारारिएनको छ । यसको अर्थ सम्पूर्ण डिजिटल बैंकिङले गती लिन सक्छ ।

यदी शाखाहरु भएपनि आजको जस्तो नहुने लुफ्याक्स टेक्नोलोजी सेन्टरकी प्रमुख जुन लुले बताइन् । यी बैंकहरु क्स्ता हुनेछन् भन्ने विषय जो कसैको अनुमानमै रहने देखिएको छ ।

तर, मेसिनको सिकाइ र बिटक्वाइन जस्ता प्रविधिको क्रिप्टोकरेन्सीले उपभोक्ता सेवादेखि सम्पत्तिको बाँडफाँड जस्ता सबै विषयमा क्रान्ति ल्याउन सक्छ । यद्यपि यसका लागि पनि वित्तीय संस्थाले भविष्यमा के गर्छन भन्ने अनुमान लगाउनका लागि मानवको. आवश्यकता पर्ने लुले बताइन् ।

‘समय अत्यन्त छोटो छ । हामीले यो हेर्नका लागि अझै कुर्नुपर्ने देखिन्छ,’ लुले बताइन् ।

यसमा प्रेरक भूमिका निर्वाहा गर्नेहरुमा ठूला प्रविधि फर्महरु एप्पल, टेनसेन्ट र जेडी डटकम लगायतका पनि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement