बैंक सम्बन्धी ऐनका केही दफाहरूले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता

बैंक सम्बन्धी ऐनका केही दफाहरूले अर्थतन्त्र संकुचनतर्फ लैजाने चिन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनका केही दफाहरूले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका छन् ।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाको आधारले बैंक तथा वित्तीय संस्थाको तर्फबाट कारोबार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताए ।

उनले भने, ‘बैंक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने यसको केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वको काम बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा यो एक प्रतिशतको ठाउँमा २ प्रतिशत संशोधनमा राखिएको छ ।’

उनले भने, ‘यसको आधारमा ८ को १६ करोड शेयर लिएको व्यक्ति बैंक तथा वित्तीय संस्थाको तर्फबाट कारोबार गर्न नपाउने हो भने यसले पूरै अर्थतन्त्रलाई संकुचनतर्फ जाने हुन्छ ।’

उनले बैंक पनि आफैं चलाउने र ऋण पनि आफैं चलाउने भन्ने गलत हिसाबको दृष्टिकोण राखिएको भन्दै १ प्रतिशतबाट बढाउन नहुने बताए । ‘म बैंकको अध्यक्ष पनि भएको हिसाबले भन्नु या बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसाबको दृष्टिकोण राखिएको छ, जुन चिज नबुझिएर निकालिएको हो । यो १ प्रतिशतबाट बढाउनु हँुदैन,’ उनले भने ।

सोमबार समितिमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिएको थियो ।

सो क्रममा सांसद विराजभक्त श्रेष्ठ, अर्थविज्ञ अनलराज भट्टराई, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा लगायतले धारणा राखेका थिए ।