धमाधम लाभांश घोषणा गर्दै वाणिज्य बैंक,कस्ले कति गरे घोषणा ?


काठमाण्डु – विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश दिने धोषणा गर्न थालेका छन् । अहिलेसम्म सानिमा, ग्लोबल आईएमई, कुमारी, बैंक अफ काठमाण्डु, सिटिजन्स, माछापुच्छ्रेलगायतका बैंकले लाभाश घोषणा गरिसकेका छन् ।  ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६\०७७ को मुनाफा मार्फत उक्त लभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले १४ प्रतिशत बोनास शेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् ।

त्यसैगले सानिमा बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयां ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

माच्छापुछ्रे बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभाश वितरण गर्ने घोषणा गरेको छ भने बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यसैगरी एनआइसी एशिया बैंकले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद गरी कुल २० प्रतिशत, कुमारी बेंकले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत र सिटजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

२७ वटा वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश वितरणको घोषणा गरेका छन् भने अन्य २० वटाले भने गर्न बांकी छ । लघुवित्त म्युचुअल फण्ड,क्यापिटल र अन्य कम्पनीहरु समेत गरी अहिलेसम्म ३९ वटा कम्पनीले लाभांश घोषणा गरीसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement