ब्रेकिंग न्युज समाचार

भ्रष्टाचार गर्नेलाई नछोड्ने वनमन्त्री बस्नेतको उद्घोष

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ ।

dish home

सुशासन कायम नभएसम्म विकास र समृद्धि असम्भव रहेकामा जोड दिँदै उहाँले त्यसमा कसैसँग सम्झौता नगरिने स्पष्ट गर्नुभयो । ‘सरकार सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गर्छ’, सामुदायिक वन उपभोक्ता महासंघको २३ औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भन्नुभयो, ‘सुशासनबिना विकास र समृद्धि सम्भव छैन ।’

मन्त्री बस्नेतले वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको चर्चा गर्दै वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको उल्लेख गर्नुभयो ।

वैज्ञानिक वन व्यवस्थापन आफैंमा गलत नभएको तर, कार्यान्वयनका क्रममा सुशासनका पक्षमा कर्मचारीबाट कमजोरी भए कारबाही गरिने उहाँको भनाइ थयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको अहिलेको प्राथमिकता भएको चर्चा गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको योगदान उल्लेख्य रुपमा वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो ।

वन क्षेत्रमा रहेका संरक्षणमुखी कानून, नीति र विधिमा समय सापेक्षा सुधार गर्दै संरक्षण र उपयोगका लागि सन्तुलनकारी नीति निर्माण गरिने मन्त्री बस्नेतको भनाइ थियो । तर, वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने उहाँको भनाइ थियो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top