प्रधानमन्त्रीको भनाई नै सहि हो,तत्काल मन्त्रिपरिषद पुर्नगठन हुंदैन : वनमन्त्री वस्नेत 


काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले मन्त्रिमण्डलमा कुनै हेरफेर नहुने बताएका छन् । प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा सोमबार सांझ कुराकानी गर्दै मन्त्री वस्नेतले तत्काल मन्त्रिपरिषद पुर्नगठनको सम्भावना नभएको बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्न लागेको चर्चा चलिरहेका बेला वस्नेतको यस्तो भनाई आएको हो । 

नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री वस्नेतले खाली रहेको मन्त्रालयमा भने मन्त्री नियुक्ती हुने बताए । 

उनले  भने ‘सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारिसक्नुभएको छ, त्यही नै सहि कुरा हो, अरु सवै हल्ला हो । ’

प्रधानमन्त्री ओलीले आईतवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका थिए । प्रधानमन्त्रीले खाली रहेको मन्त्रालयमा भने मन्त्री नियुक्ती गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement