अखिल(क्रान्तिकारी)द्वारा सहिद वेनोज पुस्तकालयलाई १ लाख हस्तान्तरण


काठमाडौं – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आफ्ना तत्कालीन उपाध्यक्ष एवम् सहिद वेनोज अधिकारीका नाममा स्थापित पुस्तकालयका लागि रु १ लाख १ हजार हस्तान्तरण गरेको छ ।

आज राजधानीमा आयोजित १७ औं वेनोज स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले वेनोज प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी आमा हरिमाया अधिकारीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले वेनोजको जन्मस्थल रहेको तनहुँ जिल्लाको क्यामिन भन्ने ठाउँमा वनाएको दुईतले पक्की भवनमा पुस्तकालय वनाउने काम अन्तिम चरणमा पुगेको वेनोजकी आमा अधिकारीले बताइन् ।।

राज्यले राहत स्वरुप दिएको रकम, निजी स्रोत र अन्य सहयोगीले दिएको रकमवाट पुस्तकालय वनाएको अधिकारीले जनाइन् । क्रान्तिकारीले आफ्ना केन्द्रीय सदस्यहरुले १ हजारका दरले दिएको रकम संकलन गरि प्रतिष्ठानलाई हस्तान्तरण गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। पुस्तकालयका लागि पुस्तक संकलन गरि पठाउने पनि बस्नेतले जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement