सशस्त्रका डिआईजी दाहाल एआईजी बढुवाका लागि सिफारिस


काठमाण्डु- सशस्त्र प्रहरी बलको एआइजीमा डिआइजी बंशी दाहाल बढुवा सिफारिस भएका छन् । सरकारले दाहाललाई नै बढुवा गर्न केही दिनअघि मात्र एआइजीको दरबन्दी थप गरेको थियो । उनिसंगै डिआइजी किशोर प्रधान पनि बढुवाको प्रतिस्पर्धामा रहेपनि बढुवा समितिको बिहिवार बसेको बैठकले दाहालको नाम सिफारिस गरेको हो ।

सशस्त्रमा यससंगै एआईजीको संख्या तीन पुगेको छ । एआइजीमा बढुवा भएका दाहाल बढुवासंगै हालका आईजीपी राजु अर्यालपछि आइजीपीका लागि दावेदार भएका छन् । दाहालसंगै नारायणदत्त पौडेल पनि आईजिपीको प्रतिस्पर्धामा छन् । दुवै जना एकै ब्याचका अधिकारी हुन् ।

सशस्त्रका आईजीपीको कार्यकाल हाल चार वर्ष रहेको छ । उनिहरु दुवै जना आईजीपीको कार्यकाल तीन वर्ष बनाउनुपर्ने भन्दै लविङमा छन् । त्यसो भयो भने दाहाल र पौडेल दुवैलाई आईजीपी बन्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement