बारा-२ मा मतगणना सुरु


काठमाण्डु- बारा-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बारामा पनि मतगणना सुरु भएको हो । जसअनुसार मतगणना करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ नम्बर वडाबाट सुरु गरिएको जनाइएको छ ।

बारा  २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement