बारामा प्रहरी प्रशासनको मिलेमतोमा धाँधली भइरहेकाे छ : एमाले उम्मेदवार पौडेल


काठमाण्डु- बारा २ मा उपनिर्वाचन अन्तर्गत नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका हुन् ।

उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’

त्यस्तै आज बिहान जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि बारामा प्रहरी प्रशासनकै मलिमतोमा धाँधली भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement