बारा र पर्सामा निषेधाज्ञा जारी, सेना परिचालन


काठमाडौं – कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ । एकै दिन पर्सा र बारामा ४० जना कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको हो ।

आज साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । त्यस्तै पर्सामा सेना परिचालन गर्ने निर्णयसमेत भएको छ ।

आवश्यक काम बाहेकका मानिसहरुलाई घर बाहिर निस्कन नदिने निर्णय भएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement