बारामा भारतीय नागरिकलाई प्रहरीले गोली हानेर पक्रियो


काठमाण्डु – बारामा प्रहरीले एक जना भारतीय नागरिकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल प्रवेश गर्दै गरेका मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डिएसपी गौतम मिश्रले कुशवाहाले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको जानकारी दिए । पक्राउ परेका कुशवाहाको बायाँ पाखुरामा गोली लागेको छ ।

उनको उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement