बारा – बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।
यादवले १० हजार ४७८ मत ल्याएर अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ४० मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ४३८ मतान्तर रहेको छ ।
यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले अहिलेसम्म ४हजार १४४ मत पाएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १हजार ८८३ मत ल्यार चौथौं स्थानमा छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले ५९९ मत पाएका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।




प्रतिक्रिया