बार्बी चलचित्रको च्यारिटी प्रिमियर


काठमाण्डु- एफएनडब्लु छात्रवृत्ति कार्यक्रमको लागी आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्नडेसन (मुनाफा वितरण नगर्ने संस्था) र एपःएनडब्लु (पूर्व मिस नेपाल)को सहकार्यमा क्युएफएक्स सिनेमा, सिभिल मलमा अंग्रेजी चलचित्र “बार्बी” प्रिमियर गरिएको छ ।

डीएम फाउन्नडेसन र एफएनडब्लु (पूर्व मिस नेपाल)को सहकार्यमा कोभिड-१९ बाट आफ्ना आमाबाबु तथा अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउन्डेसनको कोष रकम अनुसार माध्यामिक तह-एसईईसम्मको शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखे अनुरुप छात्रवृत्तिको प्रदान गर्दै आइरहेको छ, हाल सम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको थियो ।

चलचित्र प्रिमियर डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीको प्रायोजन, साथ र सहयोगले गर्दा उक्त साँझ मनोरन्जनात्मक एवं परोपकारी रहेको प्रिमियरमा उपस्थित दर्शकहरुले बताएका थिए ।

“कार्यक्रममा उपस्थित रहँदै अएमएस गुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्ड लगायत एफएनडब्लुलाई धन्यवाद दिदै डीएम फाउन्नडेसन र एफएनडब्लुको छात्रवृत्ति कार्यक्रम देशब्यापी गर्नको निम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपुर्ण भूमिका खेल्ने र बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताए । “बालबालिका नै हाम्रो भविष्य हो” भनि सम्पूर्णलाई साथ सहयोग तथा सहकार्य गर्न उनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement