मैत्रीपुर्ण खेलमा बार्सिलोनाको सहज जित

मैत्रीपुर्ण खेलमा बार्सिलोनाको सहज जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ । शनीवार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डीपेले २१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन् ।

युसुफ डेमिरले ३६ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । रिकार्ड पुइगले ७४औं मिनेटमा गोल गरे । सिजनअघिको सबै मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । लिगअघि बार्सिलोनाले साल्जबर्ग र युभेन्टसविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ ।