बर्दियामा खोज तथा उद्दारका साग्रगी तीनै तहका सुरक्षाकर्मीलाई हस्तान्तरण


काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी जनधनको ठूलो क्षति भएको बेला जिल्ला प्रशासन कार्यालय बर्दियाअन्र्तगत रहेको आपतकालिन कार्य संचालन केन्द्रले तीनै तहका सुरक्षाकर्मीलाई बाढी पश्चात गरिने खोज तथा उद्धार सामग्री उपलब्ध गराएको छ।

पांच नम्बर प्रदेश सरकारको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बललाई जीवन सुरक्षा ट्युवसहित १७ प्रकारका उद्धार सामग्री हस्तान्तरण गरिएको हो। पूर्वमा बबई नदी र पश्चिममा कर्णाली नदीले घेरिएको बर्दिया जिल्ला बाढी प्रभावित जिल्ला भएकाले यहाँको बाढी पूर्व सूचना प्रणालीलाई समेत हाईअर्लटमा राखिएको छ।

बर्दियामा बाढीले पटक पटक मानवीय तथा अर्बौको भौतिक क्षति र्पुयाउने गरेको छ। बाढीबाट हुने क्षतिलाई न्युनिकरण गर्न बाढीपूर्व सूचना प्रणालीलाई सशक्त पारिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए।  बर्दियाको सदरमुकाम गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिका बाढी प्रभावित क्षेत्र हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement