बर्दिबास घटनाबारे चार बुँदे सहमति, युवकलाई सहीद घोषणा गर्न गृहलाई आग्रह गर्ने


काठमाण्डु – ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर तनावग्रस्त बनेको बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

बालिका गुलाव खातुनलाई बलात्कारपछि हत्या भएको घटनामा प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा मङ्गलबार बर्दिवास–१ का बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दिबासमा भएको वार्तामा भोलिदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको छ ।

प्रहरीले बुधबार साँझबाट बल प्रयोग गरेर राजमार्ग खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement