बर्दिबास घटनाबारे मानव अधिकार आयोगले सरकारलाई भन्यो: बल प्रयोग नगर्नू


काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर प्रर्दशनकारीको मृत्यु भएको घटनामा आपत्ति जनाएको छ ।

बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई कारबाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

आयोगले प्रदेश २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको जनाएको छ । प्रहरीको गोली लागेर बर्दिबासका बुद्धिराज न्यौपानको मृत्यु भएको थियो । त्यस्तै घटनामा अन्य प्रर्दशनकारी पनि घाइते भएका छन् ।

‘अपराधका घटनामा संलग्नहरु उपर कानून बमोजिम कारबाही गर्न कानून हातमा लिनखोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नहरुलाई काूनी दायरमा ल्याउन र मृतक तथा पीडितहरुलाई आवश्यक क्षतिपूर्ति उलपब्ध गराउन आयोग सरकारलाई आग्रह गर्दछ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आयोगले प्रहरीलाई सहयोग गर्न र प्रर्दशनका क्रममा संयमता अपनाई विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन प्रर्दशनकारीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement