सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा

सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जल तथा मौसम विज्ञान विभागका अनुसार गएको एक घण्टामा सबैभन्दा बढी सिन्धुलीको रानीचुरीमा ५५ मिलिमिटर पानी परेको हाे। 

विभागका अनुसार अहिले गण्डकी प्रदेश र त्यसभन्दा पूर्वतिर पानी परिरहेको छ। देशका विभिन्न भागमा हावाहुरी, असिना र चट्याङसहित पानी भएकाले हिँडडुल गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। शुक्रबार बिहान भने सातै प्रदेशका विभिन्न जिल्लामा हल्का पानी परेको थियाे।