आज साँझ सम्म मनसुन देशभर फैलने, यी ८ जिल्ला उच्च जोखिमा

आज साँझ सम्म मनसुन देशभर फैलने, यी ८ जिल्ला उच्च जोखिमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार रातिदेखि देशभर मनसुन सक्रिय भएको छ ।

भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा बुधबार रातिदेखि भारी बर्षा भइरहेको जनाएको हो ।

आज साँझ सम्म मनसुन देशभर फैलने महाशाखाले जनाएको छ ।

लुम्बिनी, सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म भारी देखि अति भारी वर्षाको सम्भावना समेत रहेको छ ।

पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा भारी वर्षा भएको छ भने बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा आगामी ३ दिन भारी देखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिम र मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ रहेको छ ।