नेपाल–भारत सीमा विवादले वर्षा राउतलाई अफ्ठ्यारो !


काठमाडौं – नेपाली नायिका वर्ष राउत आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएकी छन् । भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा सिंगो नेपाली एकजुट भइरहेका बेला नायिका राउतले भने विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।

राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठेरो परेको बताएकी छिन् ।

एक भिडियो जारी गर्दै राउतले नेपाल–भारतका पत्रकारले सीमाको विषयलाई लिएर अनावश्यक पैचार गर्दा आफूलाई समस्या भएको बताइन् ।

उनले भूमिको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।

उनले भनेकी छिन्, ‘भुमिको विषयमा नेपालले मेरै भूमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउँदा मैले मेरा भारतीय साथिहरुसँग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?’

उनको विवादास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement