विप्लवकै गाउँमा वर्षमानमाथि गोली प्रहार


रोल्पा – विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले माओवादी नेता बर्षमान पुनमाथी फेरी आक्रमणको प्रयास गरेका छन् । रोल्पाको रामचीबाट दुई खोलीतर्फ जादै गर्दा केउरीमा नेता पुनमाथी विप्लव माओवादीका कार्यकर्ताले भीरबाट ढुंगा लडाउनुका साथै गोली समेत प्रहार गरेका छन् । केउरी नेत्रविक्रम चन्दको गाउ समेत हो ।

 

 

 

‘घना जंगलरहेको वागमारामा विप्लवका कार्यकर्ताले पहिले ढुंगामुडां गरे, गाडी रोकेपछि पेस्तोलबाट उनिहरुले गोली समेत प्रहार गरे,तर हाम्रो सबै सकुशल छ ।’ पुन निकट स्रोतले भन्यो ।

 

 

 

पुर्व अर्थमन्त्री समेत रहेका माओवादीका प्रभावशाली नेता पुनको सुरक्षामा रहेका सुरक्षाकर्मी र विप्लवका कार्यकर्ताबीच दोहोरो गोली हानहान समेत भएको स्रोतको दाबी छ । प्रहरीले घटनास्थलबाट विप्लवका ३ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

 

 

 

शनिवार विप्लव माओवादीका कार्यकर्ताले पुन चडेको गाडीमाथी माइन बिस्फोट गराएका थिए । माओवादी केन्द्रका नेता पुनको निर्देशनमा आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीको आरोप छ ।

 

पुन र चन्दको माओवादीमा हुदादेखी नै  सुमधुर सम्बन्ध थिएन् । उनिहरु दुवै जना एक अर्कालाई प्रतिस्पर्धी समेत ठान्थे ।

प्रतिक्रिया दिनुहोस
Advertisement