काठमाण्डु – पुर्व अर्थमन्त्री वर्षमान पुनको घरमा गोली चलेको छ । पुनको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी प्रकाश पुनको हतियारबाट गोली चल्दा उनकी आमा घाईते भएकी छिन् । गोली शुक्रबार राति ९ बजे चलेको बताइन्छ ।
उनको तिघ्रामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरक्षा गार्डले नियतवस गोली नचलाएको प्रहरीले स्रोतले जनाएको छ ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । ‘गोली असावधानीवस चलेको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ ।’ प्रहरी स्रोतले भन्यो ।




प्रतिक्रिया