माओवादीले नारायणकाजीलाई परराष्ट्र र वर्षमानलाई अर्थमन्त्री बनाउँदै


काठमाण्डु – सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् ।

नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement