काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कागजात जलेर नष्ट भएपछि लेखापरीक्षण के आधारमा गर्ने भन्दै प्रश्न उठाएको छ ।
मंगलबार सार्वजनिक लेखा समिति बैठकमा नेकपा सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जलेर ष्ट भएका सरकारी कागजातबारे स्पष्ट नीति बनाउन सरकारसँग माग गरे ।
प्राकृतिक विपत्ति वा दुर्घटनाका कारण कागजात नष्ट भएको अवस्थामा विद्यमान कानुनअनुसार मिनाहाको व्यवस्था गर्न सकिने भए पनि आन्दोलनका क्रममा भएको क्षतिलाई सोही कानुनी व्यवस्थाले समेट्छ कि समेट्दैन भन्ने स्पष्ट नरहेको उनको भनाइ थियो ।
घटनाको प्रकृति र कानुनी आधारबारे प्रस्ट निर्णय लिन पुनले सुझाए ।
उनले भदौ २३ र २४ गते सरकारी कागजात जलेको विषयमा गौरीबादुर कार्की नेतृत्वको आयोगले अध्ययन गरेको हो कि होइन भन्ने पनि स्पष्ट हुनुपर्ने बताए । यदि आयोगले यस विषयलाई नसमेटेको भए छुट्टै आयोग बनाएर अध्ययन गर्न सकिने उनको सुझाव छ ख।
‘कार्की आयोगले यसलाई सम्बोधन गर्यो कि गरेन ? २३ र २४ को घटनामा सरकारी कागजात जलेको बारे अलग्गै आयोग पो बनाउनु पर्छ कि ?’ पुनले भने ।
उनले आयोगको अध्ययनपछि प्राप्त सिफारिसलाई आधार बनाएर मात्रै लेखापरीक्षण तथा कागजात नष्ट भएको विषयमा आवश्यक निर्णय लिनुपर्ने धारणा राखे ।




प्रतिक्रिया