ऊर्जामन्त्री पुन र जर्मन राजदूतबीच भेटः ऊर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अव कार्यान्वयन प्रक्रियाको थालनी चाँडै हुने बताए ।

मन्त्री पुनले स्माट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । ‘स्माटर मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भुमिगत केवलिङको काम समेत सुरु भइसकेको छ ।’ मन्त्री पुनले भने ।

भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रति धन्यवाद दिँदै उनले आगामी दिनमा पनि द्धिपक्षिय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । भेटमा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक रहेको धारणा राखे ।

उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चासो व्यक्त गर्दै जर्मनी र यसमा सहयोग गर्न तयार आतुर रहेको बताए । राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अब कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे ।

राजदूत सेफरले नेपालको शान्तिप्रक्रिया विश्वमै सफल रहेको धारणा समेत मन्त्री पुनसंगको भेटमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement