वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने


काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट काठमाण्डु ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् । नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको चिकित्सको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement