पहिलो जितको खोजीमा बार्सिलोना


काठमाण्डु- ला लिगा फुटबल गत साताबाटै सुरु भैसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकी पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ । पहिलो खेलमा अट्याकरद्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहिन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement