लज्जास्पद हारपछि बार्सिलोनाका प्रशिक्षक हटाइए


एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक किके सेटिन पदबाट बर्खास्त भएका छन् । शनिबार राति भएको यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लबसँगको लज्जास्पद हारपछि प्रशिक्षक किकेलाई पदबाट हटाइएको हो ।

लिगमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ को फराकिलो अन्तरले पराजित भएको थियो । सेटिनले २०१९–०२० को ट्रफी जिताउन नसकेपछि ६१ वर्षीय किकेलाई पदबाट हटाइएको बार्सिलोनाका अध्यक्ष जोसेप बार्टेमीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

बार्सिलोनाको नयाँ प्रशिक्षकका लागि टोटनह्यामका पूर्वप्रशिक्षक मोउरिन्हो पोचेटिन्हो र बार्साका पूर्वखेलाडी रोनाल्ड कोम्यानको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement