बासना भन्छिन्- ३५ लाख खर्च गरेर मन्त्रीलाई हेलिकप्टरमा ल्याउने, जनताका लागि ३ लाख खर्च गर्न नसक्ने ?

बासना भन्छिन्- ३५ लाख खर्च गरेर मन्त्रीलाई हेलिकप्टरमा ल्याउने, जनताका लागि ३ लाख खर्च गर्न नसक्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस सांसद बासना थापाले मन्त्रीलाई ३५ लाख खर्च गरेर हेलिकप्टरमा ल्याउन सक्ने, ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन नसक्ने भनेर प्रश्न गरेकी छिन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले पूर्वाधार मन्त्रीलाई सामान्य बिरामी हुँदा कर्णालीबाट हेलिकप्टरमा काठमाण्डु ल्याइएको विषयमा यस्तो प्रश्न गरेकी हुन्।

थापाले भनिन्, ‘कर्णालीका जनताले सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाण्डुको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाण्डु ल्याइन्छ। मन्त्री काठमाण्डु ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन।’

उनले मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको पनि उत्तिकै मूल्यवान् रहेको बताइन्।

उनले थपिन्, ‘यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्, मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो समानता राज्य? के यही हो जनताको सरकार?’