नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण


काठमाण्डु – नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष चौधरीले स्वाव परीक्षणका लागि दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

अध्यक्ष चौधरीले पाँच दिनको अवधिमा आफ्नो नजिक रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनले आफू होम आइसोलेसनमा बसिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement