३३ किलो सुनकाण्ड: बयान दिन गएका डीएसपी संजय राउत गृहमन्त्रालयबाटै फरार


काठमाडौं-३३ किलो सुनकाण्डमा बयान दिन आएका नेपाल प्रहरीका डीएसपी गृह मन्त्रालयबाट फरार भएका छन् । सनम शाक्य मृत्यु प्रकरणसँग जोडिएर आएको ३३ किलो सुन प्रकरणमा मुछिएका डीएसपी सञ्जय राउत प्रहरीलाई झुक्काउँदै फरार भएका हुन् । उनी इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख थिए ।

एक वर्ष अगाडि त्रिभुवन विमानस्थलमा कार्यरत रहेका उनी मंगलबार बिहान बयान दिन गृह मन्त्रालय पुगेका थिए । तर, सुनकाण्डको छानबिन गर्न गठित छानबिन समितिले बयानपछि आफूलाई पक्राउ गर्ने डरले डीएसपी राउत फरार भएको हुनसक्ने गृहस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार हाल डीएसपी राउतको खोजीमा उपत्यकामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement