बीबीएलमा सन्दीपले लिए पहिलो विकेट


अस्ट्रेलिया – जारी बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्स र एडिलेड स्ट्राइकर्सबीच भइरहेको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले विकेट लिएका छन्।

छैठौँ ओभर बलिङ गर्न आएका सन्दीपले म्याथ्यू शर्टलाई बोल्ड आउट गराएका हुन् । उनले शर्टलाई १ रन दिएका थिए । त्यसपछि दोस्रो बलमा एलेक्स क्यारेले छक्का हिर्काए ।

क्यारे तेस्रो बलमा १ रन दौडिएपछि स्ट्राइकमा शर्ट आए । त्यसपछि चौँथो बलमा शर्टलाई उनले बोल्ड आउट गराएका हुन् ।

उक्त ओभरमा सन्दीपले ८ रन खर्चिदै १ विकेट हात पारे । त्यसपछि आठौँ ओभरसमेत बलिङ गरेका सन्दीपले ५ रनमात्र खर्चिए ।

ताजा अवस्थामा एडिलेडले १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement