काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन्।
उनले आफूसँगै कानुन व्यवसायीहरू पनि लिएर गएका थिए । साइबर ब्युरोभित्र उनलाई मात्रै छिर्न दिएर कानुन व्यवसायीलाई रोकेको दाबी उनीनिकटले गरेका छन्।
शिवाकोटीले कानुन व्यवसायीलाई समेत साथमा लैजान खोजेका थिए। आइतबार शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका थिए।
उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्या गरेको उजुरी साइबर ब्युरोमा परेको छ।
बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारलाई लिएर उनी व्यक्तिगत गाली गलौजमा उत्रिएका थिए । व्यक्तिको चरित्र हत्यासम्मको तहमा उत्रिएर फेसबुक पोस्ट लेखेपछि परेको उजुरीका आधारमा शिवाकोटीलाई यसअघि १९ कात्तिकमै साइबर ब्युरोले झिकाएको थियो ।
तर भारतबाट आएर पनि उनी साइबर ब्युरोमा हाजिर भएका थिएनन्। तर आइतबार उनले आफू साइबर ब्यूरोमा हाजिर हुन गएको बताएर हाजिर भएका हुन्।
‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु’, उनले भने थिए।
यसअघि भारतमा रहेका बेला दोलखाका एक साथीलाई सम्पर्क गरेर साइबर ब्युरोमा उपस्थित हुन भनिएको सूचना आफूले पाएको शिवाकोटीले बताएका थिए।



प्रतिक्रिया