बुङ्गलमा धौलीदेवी स्मृति बीसीए कप कार्तिक ९ देखि


बझाङ । बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८  यहि कार्तिक ९ देखि संञ्चालन हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक बीसीएले यही कार्तिक ९ गतेदेखि १५ गतेसम्म दहबगरमा धौलिदेबी स्मृति बीसीए कप संञ्चालन गरिने जनाएको हो ।

बुङ्गलको पर्यटन प्रर्वद्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ  क्रिकेट प्रतियोगिता आयोजना गरिँदै आएको बीसीएका अध्यक्ष आनन्द कार्कीले बताए । क्लबले विगतमा क्रिकेटको आयोजना गर्दै आएको भएपनि गत वर्ष भने कोरोना कहरले आयोजना गर्न नसकिएको उनले बताए ।

प्रतियोगितामा प्रथमलाई दुई लाख, द्धितीयलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार राखिएको छ । साथै विजेता टिमलाई प्रमाण पत्र र कप मेडल पनि दिइने आयोजकले जनाएको छ । म्यानअफद सिरिज १२ हजार पाँच सय र वेस्ट बलर, वेस्ट ब्याटम्यान र एमेजिङ प्लेयरलाई पाँच-पाँच हजार पुरस्कार छुट्याइएको छ ।

त्यसैगरी म्यानअफद टिमलाई पाँच सय, सेमिफाइनल र फाइनल पुग्ने टिमका प्रति खेलाडीलाई एक सय रुपैयाँसमेत दिइनेछ ।  आयोजकका अनुसार कपमा २० टिमको सहभागिता रहने  छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको  एक टिममा चार जना जति बाहिरका खेलाडी खेल्न पाउने क्लबका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement