विकटता भित्रको सुन्दरता (फोटो फिचर)


काठमाण्डु  – बझाङ जिल्ला खप्तड छान्ना गाउंपालिका वडा नं.०७ गडरायमा पर्ने गुरेयल झर्ना प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय छ । आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि यो क्षेत्र बाह्रै महिना उपयुक्त छ । सडकको पहुँच समेत पुगेकाे हुनाले  गुरेयल झर्ना प्रकृतिसँग रमाउन खोज्नेका लागि एक गतिलाे गन्तव्य हो ।

 गुरेयल झर्नाको पर्याप्त प्रचार प्रसार नहुँदा पर्यटकहरुको आवागमन हुन सकेको छैन् ।  समुन्द्र सतहदेखि २५ सयदेखि ३ हजार मिटरसम्म यसकाे उचाई रहेकाे छ।

नेपाल प्राकृतिक सौन्दर्यताको खानी हो । यहाँ प्रकृतिले दिएको अनुपम सुन्दर दृश्यावलोकन गर्न विश्वभरबाट पर्यटक आउने गर्छन् । तराईमा गर्मी हुँदा हिमालमा चिसो हुने नेपालमा एकै समयमा फरक-फरक मौसम रहने गर्छ ।

यस कारण पनि नेपालको हिमालदेखि तराईको समथर भू-भागसम्म मनै लोभ्याउने प्राकृति सुन्दर दृश्यहरु हुने गरेका छन् । जसको प्रवर्धन र संवर्धनको कमीले सोचेको जति बाह्य पर्यटक भित्र्याउन सकेका छैनौँ ।

-तस्विरहरू: गणेश हमाल

प्रतिक्रिया दिनुहोस
Advertisement