आफूलाई भेटेर दुई करोडको चेक दिने रामशरण केसीलाई नचिन्ने बेचन झाको बयान

आफूलाई भेटेर दुई करोडको चेक दिने रामशरण केसीलाई नचिन्ने बेचन झाको बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले आफ्नो नाममा हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि भेटेर दिने रामशरण केसीलाई नचिनेको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिँदै झाले केसीलाई नचिन्ने बयान दिएका हुन् ।

झाविरुद्ध सरकारी वकिल कार्यालय काठमाण्डुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुरक मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरिएपछि न्यायाधीश केसीको उपस्थितिमा अदालतले झालाइ १५ प्रश्न सोधेको थियो ।

अदालतले उनलाई सवाल नम्वर ९ मा केसीले आफ्नो नाउँको हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि भेटेर दिएको विषयमा सोधिएको प्रश्नमा झाले आफूले रामशरण केसी र सानु भण्डारीलाई नचिनेको बताएका हुन् । उनले केसीलाई नभेटेको र चेक पनि नलिएको दाबी बयानमा गरेका हुन् । प्रहरीले भने उनको नाममा काटेर र सटही भएको चेकको अर्धकट्टी अदालतमा प्रमाणको रूपमा पेस गरेको छ।

झाले आफूले कुनै पनि रकम कसैसँग नलिएको दाबी बयानमा गरेका छन् । बिहिबार लिइएको बयानमा झाले रामशरण केसीले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक भएको दाबी गरे ।

अभियोग पत्र दायर भएपछि अदालत पेस भएका उनीसँग शुक्रबार थुनछेक बहसअघि बिहीबार बयान गराइएको थियो । बयानमा उनले मुख्य प्रमाणलाई नै अस्वीकार गरेका हुन् ।

कनेक्सन भएका भनिएकालाई चिन्न अस्वीकार गर्दा र चेक लिएको कुरा अस्वीकार गर्दा जिल्लाले सहजै धरौटीमा छोड्ने आधार देखेर उनले यस्तो बयान गरेका बताइएको छ ।

उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेको दाबी पनि गरेका छन् । झाविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा शुक्रबार हेर्दाहेर्दैमा रहेको छ।