हालसम्म १२ लाख ८८ हजार पशु लम्पी स्कीन संक्रमणबाट मुक्त भए : मन्त्री भुसाल


काठमाण्डु – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले हालसम्म १२ लाख ८८ हजार ७५९ पशु लम्पी स्कीनबाट संक्रमण मुक्त भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले लम्पी स्कीन रोगका कारण मर्ने पशुको संख्या ५२ हजार नाघेको जानकारी दिए ।

नेपालमा हालसम्म १४ लाख ४६ हजार ६६४ पशुमा लम्पी स्कीनको संक्रमण पुष्टि भएको उनले बताए । हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका र ७ लाखभन्दा धेरै पशुमा खोप लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement