बेइजिङमा बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं – बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)को दोस्रो अन्तर्रा्ष्ट्रिय शीखर सम्मेलन सुरु भएको छ । सम्मेलन बिहीबार आरम्भ भएपनि बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो।

चीन भ्रमणको दोस्रो दिन बिहिबार बेइजिङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा रहेको नेपाली टोली शुक्रबार बिहान बीआरआई उद्घाटन समारोहमा सहभागी भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो। जस अन्र्तगत अहिले नेपालले कनेक्टिभिटि र जलविद्युत सहित ९ वटा परियोजनाहरू प्रस्ताव गरेको छ।

शुक्रबार बिहान उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना कार्यान्वयनको चरणमा रहेको र व्यवहारिक सहकार्य हासिल गर्नु रहेको बताएका छन् यसको लक्ष्य रहेको बताएका छन्। ‘बीआरआईले कनेक्टिभिटि र व्यवहारिक सहकार्यलाई बढाउने छ। यो साझा विकास लक्ष्य हासिल गर्ने प्रयास हो’, सीले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्ने्छिन् । राष्ट्रपति भण्डारी यसै सम्मेलनमा भाग लिनका लागि बुधबार चीन प्रस्थान गरेकी थिइन् । सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तीन मन्त्रीसहित नेपाली प्रतिनिधिहरु सहभागी छन्।

सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ । नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

गत वर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो। यसपाली दक्षिण एशियाबाट नेपालका राष्ट्रिपति र पाकिस्तानका प्रधानमन्त्री सम्मेलनका महत्वपूर्ण सहभागी हुन्। बीआरआईप्रति असहमती जनाउँदै आएको भारतले सम्मेलनमा सहभागिता जनाएको छैन। शनिबारसम्म चल्ने सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुखसहित अन्य प्रतिनिधिहरु सहभागी भएको चिनियाँ पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement