भद्रगोलका ‘बेलासे’लाई बेलायतमा कोरोना संक्रमण


काठमाडौं – हाँस्य श्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको छ ।

करिब २ बर्षदेखि लण्डनमा बस्दै आएका उनी कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दै आइरहेका थिए ।

उनले लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेको बताएक छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement