बेलायती प्रधानमन्त्री कार्यालय अगाडी अनशन बसेका धन गुरुङ अस्पताल भर्ना

बेलायती प्रधानमन्त्री कार्यालय अगाडी अनशन बसेका धन गुरुङ अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी आमरण अनशन बस्दै आएका अभियान्ता धन गुरुङ अस्पताल भर्ना भएका छन् ।गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मंगलबार साँझ उनलाई अस्पताल लगिएको हो ।

अगस्ट ७ तारिखदेखि आमरण अनशनमा बसेका उनी अनसनको ११ औं दिनमा अस्पताल भर्ना भएका हुन् । मधुमेह र ब्लड प्रेसरका रोगी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ रहँदै आएका थिए ।

गुरुङसँगै गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, र महिला अभियन्ता पुष्प राना घले समेत अनशनरत छन् । उनीहरुले गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरेका थिए ।

आमरण अनसनमा बसेका भूपू गोर्खाका मागहरु सम्बन्धमा वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले आइतबार इमेलमार्फत प्रस्ताव गरेका थिए । तर, बेलायती रक्षामन्त्रीले गोर्खाहरुसँग भेट गर्न भन्दै इमेलमार्फत राखेको प्रस्तावलाई उनीहरुले अस्वीकार गरेका छन् ।

सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरु दुईजनासँग भेटका लागि मन्त्री वालेसले प्रस्ताव राखे पनि त्यो अस्वीकार गरिएको बताए ।