बेलायती राजकुमार र राजकुमारी आज नेपाल आउँदै

बेलायती राजकुमार र राजकुमारी आज नेपाल आउँदै


काठमाण्डु- बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् ।

राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि मंगलबार नेपाल आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

बेलायती राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन् । उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन् । यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन् ।

राजकुमार मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । राजकुमारी सोफिया काठमाडौं आएपछि श्रीमान् एडवार्डसँग अन्य कार्यक्रममा सहभागी हुनेछिन् ।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन् ।

राजकुमार र राजकुमारी आइतबार स्वदेश फर्किने छन् ।

राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन् । सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन् ।