ट्रम्प प्रशासनको अलोचना गरेका बेलायती राजदूतले दिए राजीनामा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै सर किमले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले बेलायतका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको संज्ञा दिएका थिए ।

बेलायतको विदेश मन्त्रालयले बुधवार सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको छ ।

सर किमले आफूले सबैखाले अडकालबाजीहरू रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा काम गर्न ’असम्भव’ भएको उल्लेख गरेका छन् ।

बेलायतको विदेश मन्त्रालयलाई पठाएको पत्रमा सर किमले लेखेका छन्, ‘अहिलेको परिस्थितिमा मैले चाहे जसरी काम गर्न असम्भव जस्तै भइरहेको छ ।’

‘मेरो कार्यावधि अर्को वर्षको अन्त्यतिर मात्र सकिँदैछ, तर अहिलेको परिस्थितिमा नयाँ राजदूत नियुक्तिका लागि गर्ने बाटो खोल्नु नै जिम्मेवार कदम हुने मेरो विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement