एक वर्षको व्यापार घाटा १३ खर्ब २१ अर्ब

एक वर्षको व्यापार घाटा १३ खर्ब २१ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा व्यापा घाटा १३.५५ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो। २०७५/७६ मा मुलदुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो। जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको समाचार कान्तिपुर दैनिकमा छ। आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागले जनाएको छ।