काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको । बुधबार मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने उल्लेख छ ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने,’ पत्रमा भनिएको छ ।
प्रतिष्ठानभित्रको अनियमिततामा असन्तुष्टी जनाउँदै करिब २ महिनादेखि आन्दोलनरत चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थी सेवामा फर्कन तयार भएका छन् ।
प्रतिक्रिया