भागरथीका हत्याराको बयानः स्कुलबाट फर्किरहेकी थिइनँ, घाँटी थिचेर मारें


काठमाण्डु – प्रहरीले भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको  हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनी सुरुवाती दिनदेखी नै प्रहरीको शंकाको घेरामा थिए ।

कक्षा ११ मा पढ्ने दिनेशले भागरथीलाई बाटो ढुकेर हत्या गरेको स्वीकार गरेको सुदुरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

उनीहरु एउटै विद्यालयमा अध्ययनरत रहेको र उक्त दिन पनि दिनेश हत्या गर्नकै लागि स्कूलबाट चाँडै निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिनेश भागरथीका हत्यारा पत्ता लगाउन विद्यार्थीहरुको आन्दोलनमा सहभागीसमेत हुँदै आएका थिए ।

दिदी भाईको नाता रहेका भागिरथी र दिनेश सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ र ११ मा अध्ययनरत थिए । बयानमा उनले स्कुलबाट फर्किरहेकी भागरथीलाई भीरमा धकेलेको र पछि घाँटी थिचेर मारेको उल्लेख गरेका छन् ।

उनले भागरथीको परिवारसँग पुरानो रिसिवी साँध्न हत्या गरेको बताएका छन् । प्रहरीले यसबारे दिउँसो ३ बजे यसबारे विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement