भागरथी हत्या प्रकरणः अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा, डीआइजी सुवेदीसहित पाँच जना पुरस्कृत


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा गरेको छ ।

भागरती हत्याको अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका असई पदमबहादुर थापा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई एक पद बढुवा गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाका अपराधी पक्रन सफल भएको भन्दै डीआइजी सुवेदीलगायत पाँच जनालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी सुवेदीसहित पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दीका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement