सांसद चौधरी वर्ल्ड बुक अफ रेकर्डद्वारा सम्मानित

सांसद चौधरी वर्ल्ड बुक अफ रेकर्डद्वारा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन् ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदानको लागि सांसद चौधरीलाई सम्मानित गरिएको हो ।

सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रूपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्‍याएकी छन् । ३० वर्षदेखि लगातार महिलाको

आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी एमालेको केन्द्रीय सदस्य पनि हुन् ।