भाजपाको चुनावी अभियानमा नेपालका पाँच दलका प्रतिनिधि सहभागि हुदैँ (नामसहित)


काठमाण्डु- सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेपालका पाँच राजनीतिक दलका नेता दिल्ली जाने भएका छन् ।

भारतमा जारी लोकसभा निर्वाचनका क्रममा भाजपाले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालका पाँच राजनीतिक दललाई निम्ता दिएको छ ।

भाजपाले नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्ता दिएको हो ।भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know BJP)अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् ।

भाजपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता दिएको छ ।

यी हुन् भाजपाकाे निमन्त्रणामा दिल्ली भ्रमणमा जाने राजनीतिक दलका प्रतिनिधिहरू

नेपाली कांग्रेस- उदय शमशेर राणा
माओवादी – मातृका यादव
एमाले – विष्णु रिमाल
रास्वपा – शिशिर खनाल
जनमत – जयकान्त राउत

प्रतिक्रिया दिनुहोस
Advertisement