भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


भक्तपुर – भक्तपुरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको नयाँ ठिमीस्थित चारदोबाटोमा शुक्रबार बिहान बा ६७ प ६७५४ नम्वरको स्कुटर र बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ठिमी कमेरेटारका राजेश गोजाको मृत्यु भएको हो ।

कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जान लागेको स्कुटर र काठमाडौं आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा गम्भिर घाइते भएका चालक गोजाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement