मदनलाई सम्झिँदै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी


काठमाण्डु- पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी स्वर्गीय पति मदन भण्डारीलाई सम्झिदै भावुक बनेकी छन् ।

मंगलवार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै गर्दा भण्डारी भावुक भएकी हुन् ।

मदनले नेपालको कम्युनिष्ट आन्दोलनमा निभाएको भूमिका लगायतका विषयमा बोल्दै गर्दा भण्डारी भक्कानिएकी थिइन् । उनलाई एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट सम्मान गरेको छ । सो क्रममा उनले भण्डारीले कम्युनिष्ट आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताएकी छन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरेर ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement